दफा २३
अपाङ्गता भएका विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि गर्ने
(१) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन तथा प्रबद्र्धन गर्नका लागि तोकिए बमोजिम आवश्यक व्यवस्था गर्नेछ ।
(२) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराउने शिक्षक तथा अपाङ्गता भएका शिक्षकका लागि विशेष तालिमको व्यवस्था गर्नेछ ।
(३) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीको विद्यालय तथा सिकाइमा पहुँच सुनिश्चित गर्नकोलागि विद्यालयलाई तोकिए बमोजिमका शैक्षिक सामग्री निशुल्क उपलब्ध गराउनेछ ।